एएफसी एसियन कप छनोट टोलीको बिदाइ

हिमाल प्रेस ९ असार २०८२ १९:२० | Monday, June 23, 2025
एएफसी एसियन कप छनोट टोलीको बिदाइ

काठमाडौँ– उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट खेल्न जाने नेपाली राष्ट्रिय महिला टोलीलाई बिदाइ गरिएको छ।

सोमबार काठमाडौँमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रमको आयोजना गरी नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेको हो।

बिदाई कार्यक्रममा नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान अञ्जिला तुम्बाप्पो सुब्वाले एसियन कप छनोटका लागि नेपाली टीमको तयारी निकै राम्रो भएको बताइन्। एएफसी एसियन कप छनोट नेपालीका लागि ठूलो मौका भएकाले यसमा राम्रो नजिता आउने गरी प्रदर्शन गर्ने उनले बताइन्।

त्यस्तै नेपाली राष्ट्रिय महिला टोलीकी सदस्य सावित्रा भण्डारीले एसियन कप छनोटका साथै सबै खेलाडी उत्साहित रहेको र नजिता पनि राम्रो आउने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक प्याट्रिक डे वाइल्डले महिला टोलीको प्रशिक्षण निकै राम्रो भएकाले खेलमा सकारात्मक असर देखिने बताए।

एसियन कप छनौट चरणमा नेपाल र आयोजक उज्वेकिस्तानसँगै समूह एफ मा लाओस र श्रीलंका पनि रहेका छन्। समूहको विजेताले अष्ट्रेलियामा हुने एसियन कप खेल्नेछन्। नेपालले लाओससँग असार १५, श्रीलंकासँग असार १८ र उज्वेकिस्तानसँग असार २१ गते खेल्नेछ। एसियन कप भने सन् २०२६ मार्चमा अष्ट्रेलियामा हुँदैछ।

प्रकाशित: ९ असार २०८२ १९:२० | Monday, June 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast