इरानले कतारस्थित अमेरिकी सैन्य अखडामा गर्‍यो आक्रमण

हिमाल प्रेस १० असार २०८२ ६:२८ | Tuesday, June 24, 2025
इरानले कतारस्थित अमेरिकी सैन्य अखडामा गर्‍यो आक्रमण

काठमाडौँ- इरानले कतारमा रहेको अमेरिकी सैन्य अखडामा आक्रमण गरेको इरानको सरकारी टेलिभिजनले जनाएको छ।

कतारको राजधानी दोहामा विस्फोटको आवाज सुनिनुको साथै आकाशमा ज्वाला पनि देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इरानको रिभोलुसनरी गार्ड्सले पनि कतारस्थित अल उदेइद एयर बेसमा क्षेप्यास्त्र प्रहार गरिएको पुष्टि गरेको छ। कतारी रक्षा मन्त्रालयले कुनै मानवीय क्षति नभएको बताएको छ।

अमेरिकी सेनाले उक्त हमलालाई सफलतापूर्वक आकाशमै निष्क्रिय पारेको समाचारहरुमा उल्लेख छ। प्रत्यक्षदर्शीहरुका अनुसार अमेरिकी सैन्य अखडालाई लक्षित गर्दै इरानतर्फबाट ५० भन्दा बढी मिसाइल प्रहार भएको थियो ।

स्थानीय समय अनुसार सोमबार साँझ करिब ७ः५५ बजे भएको उक्त घटनापछि कतारमा रहेका आफूहरुमा त्रासको वातावरण सिर्जना भएको एक नेपालीले बताए । घटनालगत्तै कतारी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय उडानहरू अस्थायी रुपमा बन्द गरिएको घोषणा गरेको छ।

प्रकाशित: १० असार २०८२ ६:२८ | Tuesday, June 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast