काठमाडौँ– इनफिनिक्स नेपालले आफ्नो नयाँ गेमिङ स्मार्टफोन ‘जीटी ३० प्रो’ नेपाली बजारमा औपचारिक रुपमा सर्वाजनिक गरेको छ।
४७ हजार ९९९ रुपैयाँमा उपलब्ध यो स्मार्टफोन ‘ओरिजिनल गेमर’ का लागि विशेष रुपमा डिजाइन गरिएको कम्पनीले दाबी गरेको छ।
फोनको सार्वजनिकीकरण नेपालकै सबैभन्दा ठूलो ई–स्पोर्ट्स कार्यक्रम ‘२०२५ पब्जी मोबाइल सुपर लिग सीएसए स्प्रिङ फाइनल्स वाच पार्टी’ को अवसरमा भक्तपुरमा भएको हो।
कार्यक्रममा पब्जी मोबाइलका शीर्ष खेलाडी, लोकप्रिय स्ट्रिमर तथा गेमिङ समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो।
प्रकाशित: ८ असार २०८२ १९:४२ | Sunday, June 22, 2025
प्रतिक्रिया



