इजरायल र इरानमा रहेका नेपालीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न परराष्ट्रमन्त्रीको निर्देशन

हिमाल प्रेस १ असार २०८२ १७:४० | Sunday, June 15, 2025
इजरायल र इरानमा रहेका नेपालीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न परराष्ट्रमन्त्रीको निर्देशन परराष्ट्रमन्त्री आरजु राणा देउवा/फाइल तस्बिर

काठमाडौँ- परराष्ट्रमन्त्री आरजु राणा देउवाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरूलाई नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकी छन्।

इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा परराष्ट्रमन्त्री राणाले दुवै मुलुकका राजदूतहरूलाई यस्तो निर्देशन दिएकी हुन्।

आफू प्रमाणीकृत तथा सह–प्रमाणीकृत मुलुकमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न, नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी अद्यावधिक सूचना नियमित रुपमा प्रवाह गरी नेपालीहरूलाई निरन्तर सुसूचित गर्न उनले निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

हाल इजरायलमा पाँच हजार ५ सय र इरानमा करिब १२ नेपाली रहेको र उनीहरू सबै जना सुरक्षित रहेको मन्त्रालयले जानकारी दिएको छ।

इजरायल र इरानबीच विकसित घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट निायलिरहेको र त्यहाँ रहेका नेपालीहरूको हित सुनिश्चित गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित: १ असार २०८२ १७:४० | Sunday, June 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast