इरान-इजरायलबीच तनाव चुलिँदै, इरानी राष्ट्रपतिसँग भारतीय प्रधानमन्त्रीले गरे टेलिफोन वार्ता

हिमाल प्रेस ८ असार २०८२ १७:५५ | Sunday, June 22, 2025
इरान-इजरायलबीच तनाव चुलिँदै, इरानी राष्ट्रपतिसँग भारतीय प्रधानमन्त्रीले गरे टेलिफोन वार्ता

काठमाडौँ- इरान र इजरायलबीच जारी सैन्य तनावकाबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इरानका राष्ट्रपति मसुद पेजेश्कियानसँग टेलिफोन वार्ता गरेका छन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत वार्ताबारे जानकारी दिएका हुन्।

उनले लेखेका छन्,‘हामीले हालको परिस्थितिबारे विस्तृत छलफल गरेका छौँ र पछिल्ला तनावप्रति गहिरो चिन्ता व्यक्त गरेका छौँ।’

मोदीले जारी तनाव कम गरी शान्ति कायम गर्न आग्रह गरेको बताएका छन्।

‘हामीले तनाव कम गर्न, संवाद र कूटनीतिक प्रयासलाई प्राथमिकता दिन, साथै क्षेत्रीय शान्ति, सुरक्षा र स्थायित्व पुनः स्थापित गर्न आह्वान गरेका छौँ,’ उनले भनेका छन्।

प्रधानमन्त्री मोदीको यो वार्ता अमेरिकाले आइतबार बिहान इरानका तीन प्रमुख परमाणु केन्द्रहरू फोर्दो, नताञ्ज र इस्फहानमा गरिएको हवाई आक्रमणपछि भएको हो। ती आक्रमणहरूले पश्चिम एसियामा तनावको अवस्था अझै पेचिलो बनाएको छ।

भारतले यसअघि पनि पश्चिम एसियाली क्षेत्रको शान्ति र स्थायित्वमा जोड दिँदै सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै आएको छ।

प्रकाशित: ८ असार २०८२ १७:५५ | Sunday, June 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast