इजरायलको दाबी : इरानका सेना प्रमुख मारिए

हिमाल प्रेस ३ असार २०८२ १५:१२ | Tuesday, June 17, 2025
इजरायलको दाबी : इरानका सेना प्रमुख मारिए

काठमाडौँ– इजरायलले इरानको सेना प्रमुख अली शादमानीलाई मारेको दाबी गरेको छ। आफूहरूले गरेको आक्रमणमा इरानका सेना प्रमुख शादमानीको मृत्यु भएको इजरायलले दाबी गरेको हो।

शादमानी इरानको सबैभन्दा वरिष्ठ सैन्य कमाण्डर रहेको इजरायली सेनाको भनाइ छ। यद्यपि इरानले यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

यसैबीच इजरायलले इरानको राजधानी तेहरानको आकाशमा हवाई अभियानलाई वृद्धि गरेको छ। एक दिनअघि इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले इजरायलले तेहरानको आकाशमाथि पूर्ण नियन्त्रण हासिल गरेको बताएका थिए।

इजरायल र इरानबीच जारी संघर्षका बीच मंगलबार पनि इजरायलको उत्तरी क्षेत्रमा इरानले मिसाइल आक्रमण गरेको छ। इरानको तर्फबाट मिसाइल आक्रमण भएको इजरायली सेनाले जनाएको छ।

इरानले इजरायलको तर्फबाट भइरहेको आक्रमणमा परी ज्यान जानेहरूको संख्या उल्लेख गर्न बन्द गरेको छ। यता इरानको तर्फबाट भएको आक्रमणमा इजरायलमा २४ जनाको मृत्यु भएको छ भने पाँच सय जना घाइते भएका छन्।

प्रकाशित: ३ असार २०८२ १५:१२ | Tuesday, June 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast