आज प्रतिनिधिसभाको बैठक बस्दै

हिमाल प्रेस ३ असार २०८२ ८:२३ | Tuesday, June 17, 2025
आज प्रतिनिधिसभाको बैठक बस्दै संसद् भवनमा शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्ष दलहरू विरोध गर्दै। तस्बिर : रासस

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा आजको बैठकमा समय दिउँसो १ बजेलाई तोकिएको छ।

आजको बैठकमा संघीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो।

सो प्रस्तावमाथि आज छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ। लामो समयपछि संघीय निजामती विधेयक पारित हुन लागेको हो।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची निर्धारण गरिएको छ।

प्रकाशित: ३ असार २०८२ ८:२३ | Tuesday, June 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast