आईसीसी लिग-२ : नेपाल र नेदरल्यान्डस्‌बीच आज अन्तिम भिडन्त

हिमाल प्रेस २७ जेठ २०८२ ९:२४ | Tuesday, June 10, 2025
आईसीसी लिग-२ : नेपाल र नेदरल्यान्डस्‌बीच आज अन्तिम भिडन्त

काठमाडौँ- स्कटल्यान्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालले आज नेदरल्यान्ड्सको सामना गर्दैछ। खेल नेपाली समयअनुसार अपराह्न ३:४५ बजे डुन्डीमा हुनेछ।

शृंखलाको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई हराएको थियो। त्यसपछि स्कटल्यान्डसँगको पहिलो खेल जितेपनि दोस्रो खेलमा भने नेपाल कीर्तिमानी जित हासिल गर्न चुक्यो।

नेदरल्यान्ड्सले भने अहिलेसम्म यस शृंखलामा जित निकाल्न सकेको छैन। उसले नेपाल र स्कटल्यान्डसँग खेलेका दुबै खेलमा हार बेहोरेको छ।

लिग-२ अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीच यसअघि पनि प्रतिस्पर्धा भइसकेको छ। गतवर्ष फेब्रुअरीमा कीर्तिपुरमा भएको दुई खेलको शृंखलामा दुबै टोलीले एक-एक खेल जितेका थिए।

दुवै टिमबीच अहिलेसम्म ओडिआईमा ६ पटक प्रतिस्पर्धा हुँदा समान तीन–तीन खेल जितेका छन्। लिग-२ को वर्तमान अंकतालिकामा नेदरल्यान्ड्स २२ खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ भने नेपालले १५ खेलमा १० अंक जोड्दै सातौं स्थानमा रहेको छ।

प्रकाशित: २७ जेठ २०८२ ९:२४ | Tuesday, June 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast