अहिले कहाँ कहाँ भइरहेको छ वर्षा?

हिमाल प्रेस ५ असार २०८२ १६:१० | Thursday, June 19, 2025
अहिले कहाँ कहाँ भइरहेको छ वर्षा?

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको जानकारी गराउँदै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल कोशी प्रदेशका झापा, इलाम, खोटाङ र सोलुखुम्बु जिल्लामा वर्षा भइरहेको छ। त्यस्तै, बागमती प्रदेशअन्तर्गत सिन्धुपाल्चोक, काभ्रे र मकवानपुरमा समेत वर्षा भइरहेको छ।

त्यसैगरी, मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लाहरूमा समेत वर्षा भइरहेको नक्सा र उपग्रह संकेतमा देखिएको महाशाखाले जनाएको छ।

विभागले ती क्षेत्रका बासिन्दालाई सम्भावित वर्षाजन्य जोखिमलाई ध्यानमा राखी सतर्क रहनु तथा आवश्यक सुरक्षा सावधानी अपनाउन अनुरोध गरेको छ।

महाशाखाले दैनिक मौसम अपडेटको निरन्तर पछ्याइरहन सबैलाई आग्रह गर्दै अत्यधिक वर्षा हुन सक्ने स्थानहरूमा जलस्रोत नजिक नजान समेत सुझाव दिएको छ।

प्रकाशित: ५ असार २०८२ १६:१० | Thursday, June 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast