असार १५ मा धान रोपाइँ (तस्विरहरु)

विनोद परियार १५ असार २०८२ १५:४५ | Sunday, June 29, 2025
असार १५ मा धान रोपाइँ (तस्विरहरु)

बुटवल – लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा राष्ट्रिय धान दिवसका अवसरमा रोपाइँ गरेर मनाइएको छ।

आईतबार बुटवल लगायतका क्षेत्रमा पनि रोपाइँ गरिएको हो। बुटवल उपमहानगरपालिकाले बुटवल वडा न. १९ मोतीपुरमा राष्ट्रिय धान दिवसको अवसरमा रोपाई महोत्सव गरेको छ।

रोपाई महोत्सवमा नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्यालसहित जनप्रतिनिधिहरु सहभागी भए।

बुटवलको मोतीपुर क्षेत्रमा किसानहरु पनि रोपाइँमा सरिक भए। खेतीका लागि पछिल्लो समय खेताला नपाउने र मल बिउmको समेत अभाव हुने गरेको किसानहरुको भनाइ छ।

बुटवल १९ मोतीपुरमा रोपाइँका लागि बिऊ काड्दै गरेका सूर्य गलामीले एक बिगाहा खेतमा रोपाइँ गर्न परिवारका सदस्यहरु सहित खटिएको बताए। उनका अनुसार खेतालाहरु नपाएकाले बाध्यताले खेत बाँझै नहोस् भनेर रोपाईँ गर्ने गरेका हुन्।

तराईका जिल्लाहरुमा मध्यअसारसँगै रोपाइँ बल्ल शुरु भएको छ । लुम्बिनी प्रदेशको १२ जिल्लामध्ये पूर्वी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियामा धानखेती राम्रो हुने जिल्लाको रुपमा मानिन्छन्।

प्रदेशका १२ जिल्ला गरी कूल ६ लाख ८० हजार १५ हेक्टर खेतीयोग्य जग्गा रहेको छ।

यसमध्ये तीन लाख दुई हजार नौ सय ३९ हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ। तर अहिलेसम्म २९ हजार २५० हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ हुने कृषि निर्देशनालय लुम्बिनीले जनाएको छ। रुपन्देहीमा ६० हजार पाँच सय ६७ मध्ये करिब १० प्रतिशतमा मात्रै रोपाई भएको जनाइएको छ।

प्रकाशित: १५ असार २०८२ १५:४५ | Sunday, June 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast