अर्थतन्त्रका चुनौती सामना गर्नेगरी बजेट आएको छ : अर्थमन्त्री

हिमाल प्रेस १ असार २०८२ १६:४१ | Sunday, June 15, 2025
अर्थतन्त्रका चुनौती सामना गर्नेगरी बजेट आएको छ : अर्थमन्त्री उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल/तस्बिर : रासस

काठमाडौँ– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी सरकारले बजेट ल्याएको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै पौडेलले अर्थतन्त्रका सूचकहरु सकारात्मक हुँदै गए पनि चुनौतीहरु कायमै रहेकाले त्यसको सामना गर्नेगरी सरकारले बजेट ल्याएको बताएका हुन्।

प्रस्तुत बजेटको कार्यान्वयनबाट आर्थिक गतिविधि विस्तार हुने, निजी क्षेत्रको लगानी अभिबृद्धि हुने, रोजगार सिर्जना हुने र पूर्वाधार आयोजनाहरु निर्धारित समयमा नै सम्पन्न हुने उनले बताए।

पौडेलले चालू पँुजीगत खर्च चालू आर्थिक बर्षको तुलनामा १६ प्रतिशतले बृद्धि गरेको जानकारी दिए। अन्तरसरकारी वित्त हस्तान्तरणमा वित्त आयोगले निर्धारण गरेको सीमाभन्दा करिव ४ अर्बले वृद्धि गरिएको, आम्दानीको मुख्य स्रोत राजस्वले समग्र खर्चको करिव ६७ प्रतिशत धान्नेगरी बजेट प्रस्ताव गरिएको उनको भनाइ छ।

रास्वपा र राप्रपाको विरोधकाबीच आइतबारबाट बजेटमाथिको सामान्य छलफल सुरु भएको छ।

प्रकाशित: १ असार २०८२ १६:४१ | Sunday, June 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast