अभिनेत्री दियाले गरिन् युरोपको सबैभन्दा अग्लो शिखर आरोहण

हिमाल प्रेस २८ जेठ २०८२ १५:४१ | Wednesday, June 11, 2025
अभिनेत्री दियाले गरिन् युरोपको सबैभन्दा अग्लो शिखर आरोहण

काठमाडौँ- अभिनेत्री तथा पर्वतारोही दिया पुनले युरोपको सबैभन्दा अग्लो शिखर, माउन्ट एल्ब्रुस (५,६४२ मिटर) सफलतापूर्वक आरोहण गरेकी छन्।

उनी यही जुन १० तारिखको बिहानमा टेजन गुरुङ (एलिट एक्सपेडिसन) र रसियन गाइड लिउन अताबिएभ र एड्गरसँगै शिखरमा पुगेकी हुन्। यो अभियान एलिट एक्सपेडिसन प्रा.लि.ले आयोजना गरेको थियो।

उनले ‘सेभेन समिट्स’ चुनौतीमा, सात महादेशका सबैभन्दा अग्ला शिखरहरू चढ्ने आफ्नो महत्त्वाकांक्षी लक्ष्यलाई अघि बढाएकी छन्। अहिलेसम्म पुनले सात मध्ये चार शिखर सफलतापूर्वक आरोहण गरिसकेकी छन्। माउन्ट एभरेष्ट (एसिया), किलिमन्जारो (अफ्रिका), अकोंकागुवा (दक्षिण अमेरिका), र अहिले माउन्ट एल्ब्रुस (युरोप)।

उनका आगामी लक्ष्यमा कार्स्टेन्स पिरामिड (ओसियानिया), डेनाली (उत्तर अमेरिका), र माउन्ट विन्सन (अन्टार्कटिका) समावेश छन्।

माउन्ट एल्ब्रुसमा  अभिनेत्री पुनले आफू अभिनीत फिल्म ‘एक्लो’ को पोस्टर र नेपालको झण्डा साथमा लगेकी थिइन्। केहि साताअघि ‘एक्लो’ ले कान्समा स्टल राखेर फिल्मको मार्केटिङ गरेको थियो। कान्सपछि ‘एक्लो’ को चर्चा बढेको छ।

प्रकाशित: २८ जेठ २०८२ १५:४१ | Wednesday, June 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast