अभिनेतासँगै ए डितिर होमिए मनिष राउत

हिमाल प्रेस ८ असार २०८२ १७:४६ | Sunday, June 22, 2025
अभिनेतासँगै ए डितिर होमिए मनिष राउत

काठमाडौँ-  फिल्म ‘प्रेमगीत ३’ बाट चर्चा कमाएका अभिनेता हुन् मनिष राउत। पहिलाे फिल्ममै दर्शककाे नजरमा पर्न सफल उनी अर्काे फिल्ममा देखिएका छैनन्। पर्दामा भन्दा पर्दा पछाडीकाे  कामबाट उनी आफूलाई निखार्ने प्रयासमा छन्।

उनले  ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ मार्फत एसोसिएट डिरेक्टरकाे रूपमा काम गरेका छन्। हरेक अभिनेताको चाहना निर्देशन तिर पनि हुने गरेको भन्दै उनले अभिनय र निर्देशनलाई सँगै अगाडि बढाउन ए.डि मा जाेडिएको बताए।

‘निर्देशन पनि क्रिएटिभ काम नै हो। अभिनय त गरेँ, अब निर्देशनको काममा पनि विस्तारै अनुभव संगाल्दै जाउँ भन्ने हो। अभिनय र निर्देशन सँगैसँगै अगाडि बढाउँदा थप सहज हुन्छ कि भन्ने मेरो सोच हो,’ मनिष भन्छन्, ‘म पूरै निर्देशक त होइन तर, निर्देशकको अनुभव गरेको खण्डमा अभिनयलाई पनि सहयोग हुन्छ भन्ने लाग्छ।’

मन मिल्ने टिम र राम्रो कथा भएकाले मेहनत गरेर काम गरौँ भन्ने उद्देश्यले ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ मा फरक काम गरेको उनकाे स्पष्टीकरण थियो। आगामी दिनमा आफूलाई दर्शकले अभिनयमा देख्न सक्ने जानकारी दिए।

फिल्म आगामी भदौ ६ देखि प्रदर्शन हुँदैछ। फिल्मको अहिले पोस्ट प्रोडक्सनमा छ। विजय बराल मुख्य भूमिका रहेको फिल्ममा भोलाराज सापकोटा, केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायत कलाकारको अभिनय छ।

हिमाल न्यौपानेले निर्देशन गरेको फिल्ममा भानुभक्त ढकालको कथा, पटकथा तथा संवाद छ। पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्।

प्रकाशित: ८ असार २०८२ १७:४६ | Sunday, June 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast