अब हाउस खुल्छ, रास्वपा आफ्नै ढंगले जान्छ : प्रचण्ड

हिमाल प्रेस ३० जेठ २०८२ १६:०५ | Friday, June 13, 2025
अब हाउस खुल्छ, रास्वपा आफ्नै ढंगले जान्छ : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा बैठक चाँडै सञ्चालन हुने बताएका छन्। उनले संसद् भवनमा शुक्रबार पत्रकारसँगको कुराकानीमा यस्तो जानकारी दिएका हुन्।

उनले भने, ‘दुईबुँदे हस्ताक्षरको तयारी हुँदै छ, हस्ताक्षर हुन्छ, हाउस खुल्छ।’ प्रचण्डले रास्वपाका केही अडानका कारण उक्त दल आफ्नै ढंगले जाने बताए। उनले भने, ‘रास्वपासँग हाम्रो मूलभूत विषयमा केही फरक छैन। उहाँहरूका केही अडानका कारणले उहाँहरू आफ्नै ढंगले जानुहुन्छ। उहाँहरूसँग हाम्रो विमति छैन।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन माग गर्दै प्रतिपक्षी दलले जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन्। संसद्को गतिरोध अन्त्य गर्न प्रतिपक्षी दल र सत्तापक्षीय दलयबीच दुईबुँदे सहमति हुन लागेको प्रचण्डले बताएका हुन्।

प्रकाशित: ३० जेठ २०८२ १६:०५ | Friday, June 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast