सामुदायिक विद्यालयमा पहिलोपटक होटल म्यानेजमेन्ट पढाइ

हिमाल प्रेस ११ असार २०८२ १६:१२ | Wednesday, June 25, 2025
सामुदायिक विद्यालयमा  पहिलोपटक होटल म्यानेजमेन्ट पढाइ

रामपुर- पाल्पामा पहिलोपटक सामुदायिक विद्यालयमा होटल म्यानेजमेन्ट विषयको औपचारिक पढाइ सुरु हुने भएको छ। रामपुर नगरपालिका–५ मा अवस्थित रामतुलसी नमुना माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा व्यवस्थापन संकायअन्तर्गत सो विषय सञ्चालनको तयारी अन्तिम चरणमा पुर्‍याएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार कालीगण्डकीबेँसी आसपासका विद्यार्थीलाई लक्षित गर्दै नयाँ विषय थपिएको हो। प्रयोगात्मक शिक्षाका लागि आवश्यक प्रयोगशाला कक्षा निर्माण र उपकरण व्यवस्थापनमा करिब ३० लाख लागत लाग्ने अनुमान गरिएको छ भने उक्त खर्च विद्यालयको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिनेछ।

विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले ‘कम खर्चिलो र उपयोगी विषय भएकाले’ आफ्नै गाउँमा पढ्न चाहने विद्यार्थीहरूका लागि होटल म्यानेजमेन्ट महत्वपूर्ण विकल्प हुने विश्वास व्यक्त गरे। उनले आगामी शैक्षिक सत्रमा ३० देखि ४० विद्यार्थी भर्ना गर्ने लक्ष्य रहेको बताए।

हाल विद्यालयमा विज्ञान, शिक्षा र व्यवस्थापन संकायसँगै तीन वर्षे कृषिबाली विज्ञानको पठनपाठन हुँदै आएको छ। २,७०० बढी विद्यार्थी अध्ययनरत यस विद्यालयले भविष्यमा स्नातक तहसम्मको पढाइ सञ्चालन गर्ने तयारीमा रहेको छ।

प्रकाशित: ११ असार २०८२ १६:१२ | Wednesday, June 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast