राजतन्त्रको तुलनामा जनताको अवस्था सुधारिएको छ : सांसद महासेठ

हिमाल प्रेस ५ असार २०८२ १६:३८ | Thursday, June 19, 2025
राजतन्त्रको तुलनामा जनताको अवस्था सुधारिएको छ : सांसद  महासेठ

काठमाडौँ‍- नेकपा एमालेका नेता तथा सांसद रघुवीर महासेठले वर्तमान लोकतान्त्रिक व्यवस्थाले राजतन्त्रको तुलनामा देशलाई उल्लेखनीय प्रगति गराएको दाबी गरेका छन्।

रासससँगको संवादमा उनले भने, ‘राजाको पालामा देश जति गरिब थियो, त्यो गरिबी अहिले छैन। विकासले फड्को मारेको छ। घरघरमा यातायात, सूचना प्रविधि, शिक्षा र सञ्चारजस्ता सेवा पुगेका छन्।’

उनले लोकतन्त्रको अभ्यासमा राजनीतिक दलहरूले केही गल्ती गरेको स्वीकार्दै ती कमजोरी सच्याउँदै अगाडि बढे जनतामा बढेको नकारात्मक धारणा सुधार गर्न सकिने बताए।

‘सबै राम्रो गरेका छौँ भन्ने होइन तर गल्ती सच्याउने हो भने जनताले साथ दिन्छन्,’ महासेठले भने।

महासेठले दलहरूले आफ्ना गल्तीहरू स्वीकार गरेर मात्रै जनविश्वास जित्न सक्ने उल्लेख गर्दै व्यवस्था परिवर्तनमा भूमिका खेलेका सबै दलहरू अब जनताको जीवनस्तर सुधारमा एक भएर लाग्नुपर्ने धारणा राखे।

प्रकाशित: ५ असार २०८२ १६:३८ | Thursday, June 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast