कर्णालीको कथामा आधारित ‘सिटामोल’ को टिजर सार्वजनिक

हिमाल प्रेस १५ असार २०८२ १६:४२ | Sunday, June 29, 2025
कर्णालीको कथामा आधारित ‘सिटामोल’ को टिजर सार्वजनिक

काठमाडौँ- फिल्म ‘सिटामोल’ को टिजर सार्वजनिक भएको छ। ‘जुम्लेलीलाई जीवन जल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर’ भन्ने संवादबाट सुरू भएको टिजरमा एक जोडी प्रेमीको जीवनमा आइपर्ने उतारचढावलाई प्रस्तुत गरिएको छ।

फिल्मको मुख्य भूमिकामा अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल छन्। उनीहरूकै बालापनदेखिको प्रेमसम्बन्धमा विवाहपछि आउने उतारचढाव प्रस्तुत गरिएको छ। फिल्मका निर्देशक राज बहादुर साने हुन्। फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्।

आगामी साउन २३ बाट प्रदर्शन हुनेछ। सौगात र बेनिशासहित फिल्ममा श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बाल कलाकार करण परियार, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ। श्री कृष्ण र जानुकाले यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेका छन्।

सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्मका निर्माता भुगोल कुमार कार्की र विकाश राज जोशी हुन्। तुल्सीदेवी फिल्म र जुनतारा फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्म दिव्य सुवेदीको छायांकन, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, मुकेश शाहको साउण्ड डिजाइन, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइनमा बनेको छ।

प्रकाशित: १५ असार २०८२ १६:४२ | Sunday, June 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast