
काठमाडौँ– परराष्ट्र मन्त्रालयको आयोजनामा पहिलो कुटनीतिक फुटसल प्रतियोगिता (1st Diplomatic Cup) जेठ १५ र १८ गते बालुवाटार स्थित ढुकु स्पोर्ट्स हवमा सञ्चालन भएको छ। काठमाडौँस्थित १० देशका राजदूतवास, सार्क सचिवालय र परराष्ट्र मन्त्रालयको दुई वटा टोलीसहित कूल १३ टोलीले प्रतियोगितामा सहभागिता जनाएका छन्।
सहभागी राजदूतावासहरू अष्ट्रेलिया, बङ्गलादेश, रसिया, भारत, जापान, स्विट्जरल्याण्ड, युएई, संयुक्त राज्य अमेरिका, नर्वे र चीन रहेका छन्। परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखा प्रमुख श्री गेहेन्द्र राजभण्डारी र भारतीयका राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले संयुक्तरूपमा कार्यक्रमको उद्घाटन गरेका थिए।
खेल कूटनीति ले (Sports Diplomacy) राष्ट्रहरूबीच व्यापक संलग्नता, आपसी नेटवर्किङ र सांस्कृतिक आदान–प्रदानको प्रभावकारी माध्यम हो, जसले मित्रता, समझदारी र सहकार्यलाई प्रवर्द्धन गर्छ। खेल मैदानले कूटनीतिक संवादलाई औपचारिकताको दायरा भन्दा बाहिर ल्याएर दीर्घकालीन कूटनीतिक सहकार्यको आधार तयार पार्दछ।
सहभागी टिमहरूलाई चार समूहमा विभाजन गरी लिग चरणको खेलहरू सम्पन्न गरिने, प्रत्येक समूहको विजेता सेमीफाइनलमा पुग्ने १० वटा खेलहरू जेठ १५ गते सम्पन्न भएको छ।
नेपालमा पहिलो पटक यस्तो प्रकारको प्रतियोगिता आयोजना गरिएको प्रतियोगितमा विभिन्न देशका राजदूतावासका कर्मचारी र समर्थकहरूको आफ्नो राष्ट्रको समर्थनमा उत्साहजनक उपस्थिति रहेको बालुवाटारस्थित ढुकु स्पोर्ट्स हव् अनौपचारिक कुटनीतिक माहोलमा डुबेको अभास हुन्छ।