शीर्ष नेतृत्वले विश्राम लिएकै दिन व्यवस्थाप्रतिको असन्तुष्टि अन्त्य हुन्छ : महामन्त्री थापा

हिमाल प्रेस १७ जेठ २०८२ १८:२४
10
SHARES
शीर्ष नेतृत्वले विश्राम लिएकै दिन  व्यवस्थाप्रतिको असन्तुष्टि अन्त्य हुन्छ : महामन्त्री थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दलका शीर्ष नेताले विश्राम लिन नसक्नु लोकतन्त्रको सबैभन्दा ठूलो समस्या रहेको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

महामन्त्री थापाले राजनीतिक दलका शीर्ष नेतृत्वले राजनीतिबाट विश्राम लिएकै दिन अहिलेका असन्तुष्टिहरू अन्त्य हुने बताए। उनले एउटै अनुहार शासन सत्तामा देखिनुले गणतान्त्रिक संस्कृतिप्रति असन्तुष्टि बढेको जिकिर गरे।

‘यति लामो समयसम्म समाजले अस्वीकार गरेको एउटै भूमिकामा, एउटै अनुहारमा देखिरहेका छौँ। हाम्रो डेमोक्रेसीको सबैभन्दा ठूलो समस्या यही हो,’ महामन्त्री थापाले भने,‘आ–आफ्नो तहबाट विश्राम लिन्छौँ भन्नुभएको दिनबाट यो आन्दोलन झर्छ, असन्तुष्टि अन्त्य हुन्छ।’

शीर्ष नेतृत्वले विश्राम लिने बित्तिकै सबै समस्या समाधान नभए पनि धेरै समस्या समाधान गर्न सकिने उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast