
काठमाडौँ– विपद् व्यवस्थापन केन्द्रको पछिल्लो रिपोर्टअनुसार शनिबारसम्म श्रीलंकामा खराब मौसमबाट करिब ६ हजार मानिस प्रभावित भएका छन्।
खराब मौसमका कारण एक हजार ५७९ परिवारका पाँच हजार ९७४ जना प्रभावित भएको र एक हजार ५४५ घरमा आंशिक क्षति पुगेको केन्द्रले जनाएको छ।
यसैबीच, श्रीलंकाको सिलोन विद्युत समितिले मुलुकभर भारी मनसुनी वर्षा र तीव्र हावाका कारण ५० हजारभन्दा बढी जनसंख्या विद्युत कटौतीका कारण प्रभावित भएको जनाएको छ।
मौसम विभागले शनिबार ३० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा भारी वर्षा र तीव्र हावाको पूर्वानुमान गरेको छ, जुन आगामी २४ घन्टासम्म जारी रहनेछ।
विभागले आँधीको समयमा हुने क्षति कम गर्न आवश्यक सावधानी अपनाउन पनि नागरिकहरूलाई सुझाव दिएको छ।–रासस/सिन्ह्वा
प्रकाशित: १७ जेठ २०८२ १६:४०
प्रतिक्रिया