हिमाल प्रेसकर्मी दवाडी पुरस्कृत

हिमाल प्रेस १७ जेठ २०८२ १५:५९
342
SHARES
हिमाल प्रेसकर्मी दवाडी पुरस्कृत

काठमाडौँ– संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टू) ले हिमाल प्रेसकर्मी रमेश दवाडीलाई पुरस्कृत गरेको छ। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच ईस्टूले दवाडीलाई पुरस्कृत गरेको हो।

पत्रकारिताका माध्यमबाट शिक्षक तथा कर्मचारीहरूका पेसागत हकहित र सुरक्षाका न्यायपूर्ण आवाज उठान गर्नुका साथै समग्र नेपालको सार्वजनिक क्षिक्षा क्षेत्रको सवलीकरणका विषयहरू सशक्त रूपमा उठाउँदै शिक्षा पत्रकारितामा पुर्‍याएको योगदानका लागि ईस्टूले दवाडीलाई पुरस्कृत गरेको छ।

ईस्टूका अध्यक्ष होमकुमार थापाले शिक्षा क्षेत्रको सबलीकरणका लागि निरन्तर कलम चलाउँदै आएकाले पत्रकार दवाडीलाई पुरस्कृत गरिएको बताए।

कार्यक्रममा पत्रकार दवाडीलाई दोसल्ला, प्रमाणपत्र र नगदसहित पुरस्कृत गरिएको थियो।

कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, नेपाल राष्ट्रिय शिक्षक संगठनकी कार्यवाहक अध्यक्ष तारा थापा, नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी, नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गगांराम तिवारी, नेपाल शिक्षक महासंघमा आवद्ध सम्बद्ध घटकका प्रतिनिधिहरू सहभागी थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast