सशस्त्र प्रहरीले बरामद गर्‍यो १३ लाख ८० हजार मूल्यका भन्सार छलीका सामान

हिमाल प्रेस १६ जेठ २०८२ २१:२१
4
SHARES
सशस्त्र प्रहरीले बरामद गर्‍यो १३ लाख ८० हजार मूल्यका भन्सार छलीका सामान फाइल तस्बिर

वीरगञ्ज (पर्सा)- सशस्त्र प्रहरी बल पर्साले भन्सार छली गरेर भित्र्याइएका १३ लाख ८० हजार मूल्य पर्ने सामान बरामद गरेको छ। सशस्त्र प्रहरीले शुक्रबार विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याइएका सो सामान नियन्त्रणमा लिएको हो।

पर्साका सशस्त्र प्रहरीका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले वीरगञ्ज महानगर–१६ स्थित नगवा गाउँस्थित डम्पिङ साइटबाट भारतबाट अवैध रूपमा भन्सार छली गरेर चारवटा साइकलमा लोड गरी वीरगञ्जतर्फ ल्याउँदै गरेको आठ लाख ३६ हजार ९५० मूल्य बराबरको मोबाइल पार्टस्, फुटबल सुज, लेडिज तथा जेन्ट्स सुजलगायत सामान नियन्त्रणमा लिएको जानकारी दिए। भन्सार छली भएका सामानलाई आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

त्यसै गरी सशस्त्र प्रहरीले शुक्रबार ड्राइपोर्टबाट खटिएको टोलीले वीरगञ्ज महानगर–२५ चण्डालचोकबाट अवैध रूपमा भन्सार छली गरेर प्रदेश२–०३ ००१ स ४२६४ नम्बरको इ–रिक्सामा लोड गरी ल्याउँदै गरेको दुई लाख ७० हजार मूल्य पर्ने मोटर पार्ट्स् बरामद गरेको छ। त्यस्तै गरी दुई लाख मूल्य पर्ने इ–रिक्सा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको जनाएको छ।

यस्तै भगुवा तथा नगवा इलाकाबाट रु ७३ हजार ८०० मूल्य पर्ने कपडा र किराना सामानसमेत नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ। रासस

प्रकाशित: १६ जेठ २०८२ २१:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast