संसदीय सुनुवाइ समितिले संसदीय कार्यप्रभावकारिताबारे अनुगमन गर्ने

हिमाल प्रेस १६ जेठ २०८२ १८:२३
10
SHARES
संसदीय सुनुवाइ समितिले संसदीय कार्यप्रभावकारिताबारे अनुगमन गर्ने

काठमाडौँ- संघीय संसद् संसदीय सुनुवाइ समितिले आफ्ना कामकारबाहीलाई चुस्त र व्यवस्थित तुल्याउँदै अझ समृद्ध बनाउने सन्दर्भमा सरोकारवाला निकायसँग परामर्श गर्ने भएको छ।

समितिको आज (शुक्रबार) को बैठकले त्यस सिलसिलामा संसदीय सुनुवाइ गरी पठाएका व्यक्तिबाट भएका कार्यसम्पादन र संसदीय प्रभावकारिताबारे स्थलगत रूपमै अनुगमन गरी जानकारी लिने निर्णय पनि गरेको छ।

समितिले विषयविज्ञ र सुनुवाइ गरी पठाएका व्यक्तिले प्रस्तुत गरेको कार्ययोजना र अवधारणामार्फत गरिएका प्रतिबद्धता के–कति कार्यान्वयन भए–भएनन् त्यसको जानकारी लिइने सभापति ईश्वरी न्यौपानेले बताए।

संवैधानिक परिषद्, न्याय परिषद् र सरकारद्वारा विभिन्न सार्वजनिक पदमा नियुक्ति गरी संसदीय सुनुवाइका लागि पठाइएका राजदूत, सर्वाेच्च अदालतका न्यायाधीश र सवैधानिक परिषद्का पदाधिकारीको समितिले सुनुवाइ गर्दै आएको छ।

मुख्य जिम्मेवारी संसदीय सुनुवाइ नै भएकाले सुनुवाइका क्रममा उठेका प्रश्नको सम्बोधन र समितिलाई थप व्यवस्थित र चुस्त तुल्याउन सरोकारवालासँगको परामर्शलाई अघि बढाइएको उनले जानकारी दिए। सभापति न्यौपानेले संसदीय सुनुवाइका क्रममा गरिएका प्रतिबद्धता पूरा गर्न के-कस्ता चुनौती भोग्नुपर्‍यो, कस्ता बाधा अड्चन आए त्यस विषयमा उनीहरूसँग अन्तर्क्रिया गरिने बताए।

समितिले जिल्ला निर्वाचन कार्यालयमा के–कस्ता समस्या छन्, सुनुवाइ समितिका लागि लिइने उजुरी दर्ता गर्न के–कस्ता अप्ठयारो परेको छ वा छैन भनी सातै प्रदेशमा गएर अनुगमन गर्ने छ।

त्यस सिलसिलामा यस आर्थिक वर्षमा गण्डकी प्रदेशको पोखरामा प्रदेससभा, मुख्यमन्त्रीको कार्यालय, जिल्ला प्रशासन कार्यालयमा गई आवश्यक जानकारी र सुझाव लिने तथा अन्तर्क्रिया गर्ने तयारी गरेको जानकारी दिइएको छ।

समितिलाई कामयावी, प्रभावकारी र परिणाममुखी बनाउने सन्दर्भमा जनताले कसरी हेरेका छन् भन्ने सन्दर्भमा समितिले यस किसिमको कार्ययोजना अघि सारेको छ। समितिले विदेशस्थित दूतावासमा समेत गएर अवलोकन र जानकारी लिने बताइएको छ।

प्रकाशित: १६ जेठ २०८२ १८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast