राजसंस्था पुनः स्थापनाको माग गर्दै प्रदर्शन

हिमाल प्रेस १६ जेठ २०८२ १८:१९
14
SHARES
राजसंस्था पुनः स्थापनाको माग गर्दै प्रदर्शन

काठमाडौँ- राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिले शुक्रबार पनि काठमाडौँमा प्रदर्शन गरेको छ।

समितिको नेतृत्वमा माइतीघरमण्डलामा प्रदर्शन भएको हो। यसअघि समितिले बिहीबार शान्तिवाटिकामा प्रदर्शन गरेको थियो।

राजा र जनताबीचको एकतालाई फेरि जोड्ने र सनातन धर्म संस्कृति तथा परम्परामा आधारित नेपालको मौलिक पहिचानको रक्षा गर्न आफूहरूको संयुक्त प्रयास भएको समितिले जनाएको छ।

समितिले हिन्दु राष्ट्र, राजसंस्था पुनःस्थापनालगायतका माग राख्दै बिहीबारबाट काठमाडौँ केन्द्रित आन्दोलन सुरू गरेको हो। प्रदर्शनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेताहरू सहभागी थिए।

प्रकाशित: १६ जेठ २०८२ १८:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast