आलमलाई सफाइ दिने न्यायाधीशविरूद्ध न्यायपरिषद्मा उजुरी

हिमाल प्रेस १६ जेठ २०८२ १४:३१
12
SHARES
आलमलाई सफाइ दिने न्यायाधीशविरूद्ध न्यायपरिषद्मा उजुरी

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसांसद आफताब आलमलाई सफाइ दिने न्यायाधीशहरूविरूद्ध न्यायपरिषद्मा उजुरी परेको छ। आलमलाई सफाइ दिने फैसला गर्ने दुई न्यायाधीशहरूमाथि छानबिन गरी कारबाही गर्न माग गर्दै न्यायपरिषदमा उजुरी परेको हो।

अधिवक्ता युवराज सफलले पूर्वसांसद आलमलाई सफाइ दिने न्यायाधीशहरू डा.खुसीप्रसाद थारू र अर्जुन महर्जनविरूद्ध उजुरी दर्ता गराएको न्यायापरिषद् स्रोतले भन्यो।

फैसला गर्ने न्यायाधीशहरूमाथि छानबिन गरी कारबाही गर्न उजुरीमा माग गरिएको छ। उनीहरू पदमा रहँदा न्यायसम्पादन प्रभावितहुनसक्ने भन्दै दुवै न्यायाधीशलाई निलम्बन गरी छानबिन गर्न उजुरीमा माग गरिएको न्यायपरिषद् स्रोतले बताएको छ।

बम विस्फोट तथा हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत रौतहटबाट जन्मकैदको सजाय पाएका आलमले गत बुधबार उच्च अदालत जनकपुरको वीरगन्ज इजलासबाट सफाइ पाएका थिए।

अभियोगदाबी ठहर नहुने भन्दै न्यायाधीशद्वय थारू र महर्जनको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई सफाइ दिने निर्णय गरेको थियो।

उच्चको फैसला आएकै दिन नख्खु कारागारमा कैद भुक्तान गरिरहेका आलम रिहा भएका थिए। यो फैसलापछि न्यायाधीशद्वय थारू र महर्जनको आलोचना भइरहेको छ।

प्रकाशित: १६ जेठ २०८२ १४:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast