
भक्तपुर- ‘लाइन्स अफ काठमाडौँ कलकल’ को बैठक सौहार्द्रपूर्ण वातावरणमा सम्पन्न भएको छ। बैठकले सन् २०२५÷२६ का लागि विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको छ।
लाइन्स अफ काठमाडौँ कलकलको बैठकले क्लबको अध्यक्षमा सन्दीपराज कार्की, उपाध्यक्षमा उषा ज्ञवाली, सचिवमा किशोर कार्की, कोषाध्यक्षमा उद्धवबहादुर खत्री, एलसीआईएफ को–अर्डिनेटरमा रविराज कार्कीलाई नियुक्त गरेको छ।
यसैगरी डाइरेक्टरमा सरिता शर्मा, सर्भिस चियरपर्सनमा विनिता जोशी, मेम्बर चियरपर्सनमा ज्योति खड्का क्षेत्री, लिडरसिप चियरपर्सन आशिष वासु, मार्केटिङ तथा कम्युनिकेसनमा दीपक न्यौपाने नियुक्त भएका छन्।
नयाँ सदस्यमा सक्षमराज कार्की, विशाल राउत र ऋतिक गुप्ता नियुक्त भएका छन्। सबै पदमा सर्वसम्मत रुपमा पदाधिकारीहरु नियुक्त गरेको क्लबका अध्यक्ष सन्दीपराज कार्कीले जनकारी दिए।
बैठकमा सामाजिक सेवाको क्षेत्रमा लायन्स क्लबको पृथक् एवम् उत्कृष्ट भूमिका रहेको चर्चा गरिएको थियो। संसारकै सर्वाधिक ठूलो र उत्कृष्ट सामाजिक संस्थाका रुपमा आफ्नो परिचय स्थापित गर्नु लायन्स क्लबको विशेषता भएको लाइन्स अफ काठमाडौँ कलकलका संस्थापक अध्यक्ष रविराज कार्कीले जानकारी दिए।
सेवा, नेतृत्व विकास र भाइचारा सम्बन्धको अभिवृद्धि लायन्स क्लबका मुख्य विशेषता रहेको उनले प्रस्ट पारे। यसरी तीनवटै क्षेत्रलाई प्राथमिकतामा राखेर यो सामाजिक संस्था अगाडि बढेको उल्लेख गर्दै पदाधिकारी र सदस्यहरुलाई दत्तचित्त भएर सेवामा जुट्न आग्रह गरेका छन्।