सुनको मूल्य सात सयले बढ्यो, चाँदी १५ रुपैयाँले घट्यो

हिमाल प्रेस १६ जेठ २०८२ ११:२२
34
SHARES
सुनको मूल्य सात सयले बढ्यो, चाँदी १५ रुपैयाँले घट्यो

काठमाडौँ- नेपाली बजारमा शुक्रबार सुनको मूल्यवृद्धि भएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँले वृद्धि भएको हो।

बिहीबार प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य शुक्रबार फेरि उकालो लागेको हो। चाँदीको मूल्य भने घटेको छ। बिहीबार प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार घटेर १ हजार ९८० रुपैयाँमा झरेको छ।

यो अघिल्लो दिनको तुलनामा १५ रुपैयाँको गिरावट हो। अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य उच्च रहेको छ। आज सुन प्रति औंस ३२९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सुनको मूल्यमा आएको उतारचढावले लगानीकर्ताको ध्यान पुनः सुनतर्फ तानिएको व्यवसायीहरू बताउँछन्।

प्रकाशित: १६ जेठ २०८२ ११:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast