
काठमाडौँ- सरकारले कर्मचारी र शिक्षकका लागि एक लाख भवन र अपार्टमेन्ट निर्माण गर्ने घोषणा गरेको छ। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्।
उनले कर्मचारी सञ्चयकोष लगायत अवकाश कोषहरूको अग्रसरता र निजी क्षेत्रको सहभागितामा सुलभ आवास कार्यक्रम सञ्चालन गरिने बताए।
मन्त्री पौडेलले भने, ‘यसअन्तर्गत सातै प्रदेशका प्रमुख सहरी केन्द्रहरूमा एक लाख भवन तथा अपार्टमेन्ट निर्माण गरी निजामती, सुरक्षाकर्मी र शिक्षक कर्मचारीलाई सहुलियतपूर्ण ब्याजदर र किस्ताबन्दीमा उपलब्ध गराउने व्यवस्था मिलाएको छु।’
प्रकाशित: १५ जेठ २०८२ १८:१७
प्रतिक्रिया