
काठमाडौँ- देशभर २० लाख ७९ हजार ४ जना श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। आर्थिक सर्वेक्षण २०८१/८२ प्रतिवेदन अनुसार फागुन २०८१ सम्म उक्त संख्यामा श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका हुन्।
यस अवधिमा औपचारिक क्षेत्रका ५ लाख ६८ हजार १ सय ८८, वैदेशिक रोजगारीमा रहेका १५ लाख १० हजार ६३, अनौपचारिक क्षेत्रमा ४ सय ४६ र स्वरोजगार ३ सय ७ जना श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका हुन्।
यो अवधिमा २० हजार २ सय ४४ रोजगारदाता सूचिकृत भएका छन्।
प्रकाशित: १५ जेठ २०८२ १५:३२
प्रतिक्रिया