गणतन्त्र दिवसको अवसरमा एमालेले निकाल्यो सांस्कृतिक झाँकी

हिमाल प्रेस १५ जेठ २०८२ १५:३०
14
SHARES
गणतन्त्र दिवसको अवसरमा एमालेले निकाल्यो सांस्कृतिक झाँकी तस्बिर : रासस

काठमाडौँ– गणतन्त्र दिवसको अवसरमा पहिलोपटक नेकपा (एमाले) ले गणतन्त्रलाई उत्सवका रुपमा मनाएको छ।

गणतन्त्र दिवसका अवसरमा एमालले विभिन्न स्थानबाट आ–आफ्नो भेषभूषा, सांस्कृतिक झाँकीसहित र्‍यालीको आयोजना गरेको हो।

भृकुटीमण्डपबाट सुरु भएको र्‍याली विभिन्न स्थान हुँदै रत्नपार्क पुगेर समापन भएको थियो। गणतन्त्र स्थापना दिवसका अवसरमा पहिलोपटक उत्सवका रुपमा काठमाडौँ लगायत देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए।

प्रतिक्रियावादी तत्वहरुले गणतन्त्रलाई चनौती दिन खोजेका बेला एमालेले उत्सवका रुपमा मनाएको भन्दै उनले यसलाई कब्जाको भाषाका रुपमा नबुझ्न आग्रह गरे।

र्‍यालीका क्रममा ‘गणतन्त्र जिन्दबाद’, ‘गणतन्त्रको रक्षा गरौँ, ‘संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दबाद’, लगायतका नारा लगाइएको थियो।

प्रकाशित: १५ जेठ २०८२ १५:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast