
काठमाडौँ- पाँचथरमा सौर्य उर्जाको करेन्ट लाग्दा १ जनाको मृत्यु भएको छ। पाँचथरको मिक्लाजुङ २ का ४१ वर्षीय चन्द्र मगरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी कौसल बुढाथोकीले जानकारी दिए।
बुधबार साँझ ७ बजे मिक्लाजुङ २ को सप्तमी भन्ने ठाउँमा जडान भएको सौर्य ऊर्जाको मर्मत गर्ने क्रममा मगरलाई करेन्ट लागेको हो ।
प्रकाशित: १५ जेठ २०८२ १३:३३
प्रतिक्रिया