क्रिकेट टिमको सल्लाहकार प्रशिक्षक बने निक

हिमाल प्रेस १५ जेठ २०८२ १०:४७
10
SHARES
क्रिकेट टिमको सल्लाहकार प्रशिक्षक बने निक

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीले आउँदो जुन पहिलो साता आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डमा घरेलु टोली र नेदरल्यान्ड्ससँग एकदिवसीय सिरिज खेल्दैछ।

उक्त सिरिजअघि नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार निक पोथासलाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको छ। स्कटल्यान्ड पुगिसकेको नेपालले लिग २ अघि घरेलु टोलीको ए टोलीसँग दुई एकदिवसीय अभ्यास खेल खेल्नेछ।

त्यसपछि लिग २ शृंखला सुरु हुनेछ। नेपालले जुन २ मा स्कटल्यान्डसँग खेल्ने छ भने जुन ४ मा नेदरल्यान्डसँग खेल्ने छ। जुन ८ मा पुन: स्कटल्यान्डसँग तथा जुन १० मा नेदरल्यान्डसँग खेल्नेछ।

प्रकाशित: १५ जेठ २०८२ १०:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast