
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) खेल्दैछन्। फाइनल प्रवेशका लागि हुने यो खेल मुल्लनपुरमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरु हुने छ।
बेंगलुरुले लिगको दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको थियो। पन्जाब शीर्ष स्थानमा छ। गुजरात टाइटन्स र मुम्बई इन्डियन्सले भने भोलि इलिमिनेटरमा खेल्नेछन्।
प्रकाशित: १५ जेठ २०८२ ८:१६
प्रतिक्रिया