यस्तो छ मौसम

हिमाल प्रेस १५ जेठ २०८२ ६:१३
8
SHARES
यस्तो छ मौसम फाइल तस्बिर।

काठमाडौँ- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागहरुमा आंशिक बदली देखी साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखी आंशिक बदली छ।

कर्णाली प्रदेशका थोरै स्थानहरूमा, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

हाल मनसुनको अवस्थाः भारतको आसामका केही भूभागहरू तथा भुटान र बंगलादेशको पूर्व भूभागहरू सम्म मनसुनको आ‍गमन भएको देखिन्छ। यस वर्षको मनसुन यसै साताको अन्त्य सम्ममा नेपालको पूर्वी भूभागबाट प्रवेश हुने सम्भावना देखिएको छ ।

प्रकाशित: १५ जेठ २०८२ ६:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast