गृहमन्त्रीमाथिको दबाबबीच बालुवाटारमा प्रधानमन्त्री र कांग्रेस सभापतिबीच भेटवार्ता

हिमाल प्रेस १४ जेठ २०८२ ११:३१
70
SHARES
गृहमन्त्रीमाथिको दबाबबीच बालुवाटारमा प्रधानमन्त्री र कांग्रेस सभापतिबीच भेटवार्ता प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। फाइल तस्बिर।

काठमाडौँ- पछिल्लो समय निकै विवादित बनेको भिजिट भिसा प्रकरण र त्यससँग जोडिएको राजनीतिक तनावकाबीच नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। देउवाको साथमा गृहमन्त्री रमेश लेखक र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसमेत सहभागी छन्। प्रधानमन्त्री ओलीको सचिवालयले यो भेटलाई नियमित प्रकृतिको भएको बताएको छ।

विपक्षी दलहरूले गृहमन्त्री लेखकको भिजिट भिसा प्रकरणलाई लिएर संसद् अवरुद्ध गर्दै आएका छन्। प्रमुख विपक्षी नेकपा माओवादी केन्द्रले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद् चल्न दिएको छैन।

बुधबार बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठकसमेत समयमा सुरु हुन सकेन। भिजिट भिसाको नाममा गैरकानुनी आप्रवासन, मानव तस्करी र उच्च तहसम्मको मिलेमतो भएको आरोप विपक्षीहरूले लगाउँदै आएका छन्। यस्तो अवस्थामा गृहमन्त्री लेखक स्वयं देउवासँगै बालुवाटार पुगेको प्रसंगले राजनीतिक वृत्तमा थप प्रश्न उठाएको छ।

भेटको उद्देश्य तथा छलफलको विषय सार्वजनिक रूपमा खुलाइएको छैन तर सरकार र सत्तारूढ गठबन्धनभित्र उत्पन्न दबाब व्यवस्थापनका लागि यो भेट गरिएको अनुमान गरिएको छ।

सरकारको नेतृत्व गरिरहेको ओली नेतृत्वको गठबन्धनभित्रै पनि गृहमन्त्री लेखकको भूमिकालाई लिएर आलोचना बढ्दो छ। नेपाली कांग्रेसभित्रकै केही नेताहरू पनि लेखकको जवाफदेहीताको माग गरिरहेका छन्।

प्रकाशित: १४ जेठ २०८२ ११:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast