बुटवलमा आमा र २ बच्चाको बीभत्स हत्या, पूर्वश्रीमान् पक्राउ

हिमाल प्रेस १४ जेठ २०८२ ९:०६
108
SHARES
बुटवलमा आमा र २ बच्चाको बीभत्स हत्या, पूर्वश्रीमान् पक्राउ

बुटवल- बुटवल होराइजनचोकमा बुधबार विहानै आमा र २ बच्चाको बीभत्स रूपमा हत्या भएको छ। बुटवल ११ होराइजनचोक नजिकै मिलीजुली पथमा अन्दाजी २७ वर्षीय दीपा बस्याल, उनका छोरा र छोरीलाई घाँटी अठ्याएर बीभत्स ढंगले हत्या गरिएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्र रानाले बिहान पूर्वश्रीमानले पूर्व श्रीमती र २ जना बच्चाहरूको हत्या भएको पुष्टि गरे। हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३०-३२ वर्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

डिभोर्स भएर अर्केसँग विवाह गरी गएकी पूर्व श्रीमतीलाई पूर्व श्रीमानले आफ्नै घरमा बोलाई आज बिहान अन्दाजी ४ बजेतिर घटना घटाएको प्रहरीको भनाइ छ। स्थानीयका अनुसार १० वर्षअघि नै सम्बन्ध विच्छेद भइसकेको थियो। डीएसपी रानाले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको बताए।

हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आममाफी पाएर छुटेको स्थानीयले बताएका छन्।

प्रकाशित: १४ जेठ २०८२ ९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast