किशोरीलाई प्रलोभनमा पारेर भारत लगेर बलात्कार गर्ने दुई पक्राउ

हिमाल प्रेस १४ जेठ २०८२ ८:३८
14
SHARES
किशोरीलाई प्रलोभनमा पारेर भारत लगेर बलात्कार गर्ने दुई पक्राउ प्रतिकात्मक तस्बिर

वीरगञ्ज- बलात्कारको अभियोगमा पर्साका दुई जना पक्राउ परेका छन्। जगरनाथपुर गाउँपालिका-६ सङ्ठीका २३ वर्षीय विशाल यादवलाई किशोरी बलात्कारको अभियोगमा पक्राउ गरिएको हो ।

पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालका अनुसार भारतीय नागरिक मनिष पासवानलाई पनि यस्तै अभियोगमा सोमबार पक्राउ गरिएको छ । अभियुक्त पासवानले किशोरीलाई प्रलोभनमा पारेर भारतमा लगी पटकपटक करणी गरेका थिए ।

पीडितका तर्फबाट प्राप्त जाहेरीका आधारमा अभियोग लागेका यादव र पासवानलाई करणीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान भइरहेको सूचना अधिकारी लम्सालले जानकारी दिए।

प्रकाशित: १४ जेठ २०८२ ८:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast