
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)को क्वालिफायर र एलिमिनेटर टिम टुंगो लागेको छ। मंगलबार रातिको लखनउ सुपर जायन्ट र रोयल च्यालेन्जर्स बैग्लोरबीचको खेलपछि आईपीएल २०२५ को अन्तिम ४ को समिकरण टुंगो लागेको हो।
अब आईपीएलमा पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बैग्लोर क्वालिफायर पुगेका छन्। उनीहरूमध्ये जित्ने टिम फाइनल पुग्नेछ। दुईमध्ये हार्ने टिम एलिमिनेटरको विजेतासँग भिड्ने छ। मंगलबार राति लखनउ सुपर जायन्टलाई ६ विकेटले पराजित गर्दै रोयल च्यालेन्स बैग्लोर विजयी बनेसँगै अन्तिम ४ समिकरण तय भएको हो।
लखनउले दिएको २२८ रनको लक्ष्य बैग्लुरुले ८ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो। बैग्लुरुका कप्तान जितेश शर्मा ८५ रनमा अविजित रहे। उनले ३३ बलमा ८ चौका र ६ छक्का प्रहार गरे।
मयंक अग्रवाल ४१ रनमा नटआउट रहे। विराट कोहली ३० बलमा १० चौका सहयोगमा ५४ रन बनाउँदा क्याच आउट हुन पुगे। फिल साल्ट ३० रनमा क्याच आउट भए।
त्यसअघि लखनउस्थित भारत रत्न श्री अटल विहारी भाजपायी एकाना क्रिकेट स्टेडियममा बैग्लुरुले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय २७ रनको योगफल तयार पारेको थियो।
लखनउका कप्तान रिसभ पन्तले सर्वाधिक ११८ रनको योगदान दिएपनि टोलीलाई जित दिलाउन सकेनन्। रिषभले ६१ बलमा ११ चौका र ८ छक्का सहयोगमा ११८ रनमा अविजित रहे। ओपनर मिचेल मार्सले ६७ रन थपे।