जिप दुर्घटनामा तीनजनाको मृत्यु

हिमाल प्रेस १३ जेठ २०८२ १२:५९
8
SHARES
जिप दुर्घटनामा तीनजनाको मृत्यु

बाजुरा– जिल्लाको जगन्नाथ गाउँपालिकामा मंगलबार जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका-७ निवासी २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्। उनीहरुको आधारभूत अस्पताल कोल्टीमा उपचारका भइरहेको छ।

नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप दुर्घटना भएको हो। रासस

मन्त्री पाण्डेद्वारा दुःख व्यक्त

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले दुर्घटनाको खबरले आफू अत्यन्त मर्माहत भएको उल्लेख गरेका छन्। उनले दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन्।

उनले भनेका छन्, ‘घटनापछि तत्काल उद्धार तथा राहत कार्यमा जुट्न जिल्ला प्रहरी कार्यालयसहित सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। घाइतेहरूको शीघ्र उद्धार का लागी नेपाल आर्मिको हेलिकप्टर कोल्टीतर्फ गइरहेको छ। उहाँहरुको समुचित उपचारमा कुनै कमी हुन नदिन स्पष्ट निर्देशन दिएको छु।’ पाण्ड बाजुराबाट निर्वाचित भएका प्रतिनिधिसभा सदस्य हुन्।

प्रकाशित: १३ जेठ २०८२ १२:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast