प्रतिनिधिसभा बैठक : प्रतिपक्षीले माग्यो गृहमन्त्री रमेश लेखकको राजीनामा

हिमाल प्रेस १३ जेठ २०८२ ११:४३
प्रतिनिधिसभा बैठक : प्रतिपक्षीले माग्यो गृहमन्त्री रमेश लेखकको राजीनामा

काठमाडौँ– प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै माओवादी सांसद वर्षमान पुनले गृहमन्त्री मानव तस्करीमा लागेको आरोप लागेकाले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए।

पुनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुख्य आरोपित गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई मन्त्री लेखकले संरक्षण गरिरहेको आरोप लगाए।

गृहमन्त्रीले सरुवा व्यक्ति कार्यालय प्रमुख रहेको। अनुसन्धान गर्ने निकाय गृहमन्त्री मातहत रहेको छ। उनले भने, ‘त्यसैले गृहमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ।’

यसैगरी रास्वपाका सांसद शिशिर लेखकले गृहमन्त्री लेखकमाथि नैतिकतामाथि प्रश्न उठिसकेकाले राजीनामा दिनुपर्ने बताए। उनले विभिन्न सञ्चारमाध्यमले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालय संलग्न रहेको विवरण दिइरहेको बताए। खनालले भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने बताए। उनले यसका लागि उच्चस्तरीय आयोग गठन हुनुपर्ने पनि बताए। उनले भने, ‘यसबारेमा उच्चस्तरीय छानबिन आयोग गठन नभएसम्म संसद् चल्न दिँदैनौँ।’

भिजिट भिसामा विदेश जानेहरूसँग ‘सेटिङ’ मिलाएर रकम लिने कार्यमा सचिवालय संलग्न रहेको आरोप लागेपछि लेखक विवादमा तनिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अनुसन्धानका लागि बोलाएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराईलाई गृह मन्त्रालयमा सरुवा भएको भोलिपल्टै अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।

अख्तियारले जेठ ७ गते अपराह्न गृह मन्त्रालयबाटै सहसचिव भट्टराईलाई नियन्त्रणमा सोधपुछ गरेर साँझ छोडेको थियो। गृहमन्त्री बनेपछि लेखकले नै भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालका प्रमुख बनाएर पठाएका थिए। त्यहाँबाट सरुवा भएर गृह फर्किएको भोलिपल्टै उनी अख्तियारको अनुसन्धानमा तानिएका थिए।

भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराई अख्तियारको ‘रडार’ मा परेको सुइँको पाएपछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट गृहमा सरुवा गरिएको आशंकाले पनि गृहमन्त्री लेखकलाई विवादमा ल्याइदिएको थियो। उक्त प्रकरणमा भट्टराई एक्लैको नभएर गृहमन्त्रीको समेत ‘मिलेमतो’ भएको भन्दै विपक्षी दलहरू विरोधमा उत्रिएका हुन्।

प्रकाशित: १३ जेठ २०८२ ११:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast