युवा संघ महाधिवेशन, आज मतदान

हिमाल प्रेस १३ जेठ २०८२ ६:३६
14
SHARES
युवा संघ महाधिवेशन, आज मतदान

काठमाडौँ- नेकपा एमालेनिकट राष्ट्रिय युवा संघको नेतृत्व चयनका लागि आज (मंगलबार) मत हुँदैछ। निर्वाचन समितिले आज ८ बजेदेखि मतदान गर्ने बताएको छ। निर्वाचन समितिले सोमबार ढिलागरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको थियो।

नयाँ नेतृत्वका लागि हालका अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीबिच प्रतिस्पर्धा हुने निश्चित भएको छ।

आइतबार मनोनयन दर्ता गरिएको थियो। सोमबार बिहानैदेखि मतदानको कार्यतालिका सार्वजनिक गरेकोमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको हो।

थेबे र पुरी प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्। थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन्। पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन्।

महासचिवमा थेबे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन्। शुक्रबारदेखि पोखरामा जारी महाधिवेशनको मतदान मंगलबार बिहानदेखि सुरु हुने बताइएको छ।

प्रकाशित: १३ जेठ २०८२ ६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast