युवा संघ महाधिवेशन : थेवे र पुरी प्यानलसहित होमिए, भोलि मतदान

हिमाल प्रेस १२ जेठ २०८२ २०:१९
48
SHARES
युवा संघ महाधिवेशन : थेवे र पुरी प्यानलसहित होमिए, भोलि मतदान

पोखरा- पोखरामा जारी राष्ट्रिय युवा संघ नेपालको १० औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ।

गत शुक्रबारदेखि जारी महाधिवेशनमा आइतबार मनोनयन दर्ता भएकामा सोमबार साँझमात्र निर्वाचन कमिटीले अन्तिम नामावली सार्वजनिक गरेको हो। मतदान भने मंगलबार बिहानमात्र हुने तयारी छ।

अध्यक्षमा निवर्तमान अध्यक्ष क्षितिज थेवे र निवर्तमान महासचिव सुमन पुरीबीच नै प्रतिस्पर्धा निश्चित भएको छ।

१५१ सदस्यीय कमिटीमा आगामी नेतृत्वका लागि दुवैले अडान नछाडेपछि प्यानलसहित चुनावमा होमिएका हुन्। उनीहरुले सामाजिक सञ्जालमार्फत प्यानल सार्वजनिक गरी भोट मागिरहेका छन्।

उपाध्यक्ष खुलामा पर्वत भण्डारी, प्रकाश गौतम, महाराज गुरुङ, इ. विनय शाहको उम्मेदवारी परेको छ। तीमध्ये थेवे प्यानलतर्फ महाराज र विनय हुन्। पुरी प्यानलका पर्वत र प्रकाश हुन्।

महासचिवमा कुवेर अधिकारी र महेश चौलागाई तथा उपमहासचिवमा उपेन्द्र शाही र खेमराज शर्माबीच प्रतिस्पर्धा हुनेछ। थेवे प्यानलका महासचिव महेश हुन् भने उपमहासचिव उम्मेदवार उपेन्द्र हुन्। पुरीतर्फ महासचिव उममेदवार कुवेर हुन् भने उपमहासचिव खेमराज हुन्।

सचिव (खुला) मा अरुणबहादुर कुँवर, देव बस्नेत (देवबहादुर बस्नेत), ध्रुव खड्का, मदन भण्डारी, मीनाकुमारी राई (रञ्जु) र वकिलबहादुर बम छन्। थेवेतर्फ मदन र देव हुन्।

सचिव (मधेशी) मा चितरन्जन यादव, मोविन अख्तर आलम, विकास झा, सचिव (महिला) उमा पाण्डे (रोजिना), नीशा लिम्बु सुब्बा र रेश तामाङ छन्। थेवे प्यानलका सचिव (मधेशी) का उम्मेदवार मोविन हुन् भने महिला उम्मेदवार नीशा हुन्।

११ जना खुला सदस्यका लागि ५८ जनाले मनोनयन दर्ता गराएका छन्।

निर्वाचन आयोग अध्यक्षमा मदन गिरी र अधिवक्ता शिवराज रिमाल, लेखा आयोग अध्यक्षमा कृष्णदत्त जैसी (किसुनजी) र विक्रम गुरुङ, युवा विज्ञ परिषद् अध्यक्षमा चीन लामा (चिनबहादुर तामाङ) र मोदनाथ सिलवाल (सन्तोष) बीच प्रतिस्पर्धा हुनेछ।

मतदान अधिकृत ईश्वरी पौडेलले मतदान मंगलबार बिहानदेखि मात्र हुने गरी तयारी भइरहेको बताइन्।

प्रकाशित: १२ जेठ २०८२ २०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast