प्रचण्ड नेतामात्र होइन, नेताहरूका नेता हुन् : गंगानारायण श्रेष्ठ

हिमाल प्रेस १२ जेठ २०८२ १३:२७
26
SHARES
प्रचण्ड नेतामात्र होइन, नेताहरूका नेता हुन् : गंगानारायण श्रेष्ठ

काठमाडौँ- नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच आज भएको पार्टी समायोजन कार्यक्रममा समाजवादी पार्टीका संयोजक गंगानारायण श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वको खुलेर प्रशंसा गरेका छन्।

कार्यक्रममा बोल्दै श्रेष्ठले प्रचण्डलाई ‘नेतामात्र नभई नेताहरूका नेता’ को रूपमा व्याख्या गरे। उनले भने, ‘प्रचण्ड देशको सामान्य पात्र होइनन्। जनयुद्धलाई यहाँसम्म ल्याउनुभएको छ। मैले उहाँसँग नजिकबाट काम गरेको छु।’

श्रेष्ठले प्रचण्डलाई ‘होलिस्टिक नेता’को संज्ञा दिँदै सबैलाई उनको वरिपरि गोलबद्ध हुन आह्वान गरे। ‘नेता भनेको होलिस्टिक हुनुपर्छ, प्रचण्ड होलिस्टिक हुनुहुन्छ। हामी सबै उहाँको वरिपरि गोलबन्द होऔं,’ उनले भने।

आफ्नो भूमिकाबारे बोल्दै उनले पार्टीलाई समाजवादको यात्रामा अगाडि बढाउन सधैं रचनात्मक र सिर्जनात्मक भूमिका खेलिरहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा दुवै पार्टीका शीर्ष नेताहरू सहभागी थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast