घट्यो सुनको भाउ, कति पुग्यो आज?

हिमाल प्रेस १२ जेठ २०८२ ११:१३
20
SHARES
घट्यो सुनको भाउ, कति पुग्यो आज?

काठमाडौँ- नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको हो।

जसअनुसार छापावाल सुन सोमबार तोलामा १ लाख ९१ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको थियो।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार २ हजार ५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो।

प्रकाशित: १२ जेठ २०८२ ११:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast