गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रुपमा मनाउने एमालेको निर्णय

हिमाल प्रेस ११ जेठ २०८२ १७:२४
10
SHARES
गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रुपमा मनाउने एमालेको निर्णय

काठमाडौँ– नेकपा एमालेले जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रुपमा मनाउने निर्णय गरेको छ।

पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले सचिवालय बैठकले देशभरका सबैपालिकाका साथै काठमाडौँ उपत्यकामा गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।

काठमाडौँ उपत्यकाको हकमा सांस्कृतिक झाँकीसहित गणतन्त्र दिवसलाई उत्सवका रुपमा मनाउनका लागि नेपाल जनसांस्कृतिक महासंघलाई कार्यक्रमको संयोजन गर्ने जिम्मेवारी दिइएको उनले बताए। बैठकले गणतन्त्रलाई सवल र सदृढ बनाउन पार्टीले जोड दिएको भन्दै व्यवस्थाबिरुद्ध हुने कुनै पनि गतिविधिहरु एमालेलाई स्वीकार्य नरहेको निष्कर्ष निकालेको पोखरेलले बताए।

उनले जनताको अधिकारको रक्षा र संरक्षणका साथै गणतन्त्र स्थापनालाई जनताको उत्सवको मनाउनेमा एमालेको ध्यान रहेको उल्लेख गरे।

महासचिव पोखरेलले विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा चीन भ्रमण गरेको र भण्डारी एमाले आन्दोलनका नेता भएका हिसाबले उनको टीममा एमालेका नेताहरु रहनु स्वभाविक रहेको जिकिर गरे।

प्रकाशित: ११ जेठ २०८२ १७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast