टिपरको ठक्करबाट मोटरसाइलमा सबार एक जनाको मृत्यु

हिमाल प्रेस १० जेठ २०८२ १५:४१
16
SHARES
टिपरको ठक्करबाट मोटरसाइलमा सबार एक जनाको मृत्यु

काठमाडौँ- सर्लाहीमा टिपरको ठक्करबाट मोटरसाइलमा सबार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। दुर्घटनामा परी मलंगवा नगरपालिका–१० बस्ने २१ वर्षीय मोहम्मद कैफ मिकरानीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

उनीसँगै मोटरसाइकलमा सवार मलंगवा–१० कै २४ वर्षीय सुमितकुमार यादवको एलएस अस्पताल बारामा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनको टाउको, दुवै खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिका–१ पानीट्यांक चोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ६३९१ नम्बरको टिपरले विपरित दिशाबाट जाँदै गरेको बा ६६ प ८४६० नम्बरको मोटरसाइकल ठक्कर दिँदा दुर्घटना भएको हो।

ठक्कर दिने टिपर र चालक सर्लाही बागमती नगरपालिका–१२ बस्ने ३४ वर्षीय उदव मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रकाशित: १० जेठ २०८२ १५:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast