मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउँछौँ : गृहमन्त्री

हिमाल प्रेस १० जेठ २०८२ १५:०३
12
SHARES
मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउँछौँ : गृहमन्त्री

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन प्रयास गर्ने बताएका छन्।

शनिबार जनकपुरधामको पिडाडीचोकस्थित कांग्रेस मधेश प्रदेशको कार्यालयमा आयोजित विशेष बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

गृहमन्त्री लेखकले मधेशका नेता कार्यकताले सरकार नबनेको गुनासो गरेको र यो सही रहेको उल्लेख गरे।

‘मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुर्छ भनेर लामो समयदेखि यहाँका नेता–कार्यकर्ताको गुनासो छ, यो सही पनि हो,’ उनले भने,‘यो कुरालाई केन्द्रले गम्भीरतापूर्वक लिएको छ। यसको सम्बोधनका लागि हामी हरसम्भव प्रयास गर्छौँ।’

मधेश प्रदेशमा आलोपालो सरकार बनाउने सहमति भएको जिकिर गर्दै लेखकले कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिपर्ने उल्लेख गरे।

गृहमन्त्री लेखकले केन्द्रमा गठबन्धन भएकाले सरकार सञ्चालनमा केही कठिनाइ आएको बताए। एकल पार्टीको सरकार सञ्चालनमा जटिलता हुने गरेको उल्लेख गर्दै उनले गठबन्धनमा यो स्वाभाविक भएको बताए।

प्रकाशित: १० जेठ २०८२ १५:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast