सुदूरपश्चिमका मुख्यमन्त्रीले आह्वान गरे सर्वदलीय बैठक

हिमाल प्रेस १० जेठ २०८२ १३:५६
8
SHARES
सुदूरपश्चिमका मुख्यमन्त्रीले आह्वान गरे सर्वदलीय बैठक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय।

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सर्वदलीय बैठकको आह्वान गरेका छन्।

भोलिदेखि हुने प्रदेशसभा अधिवेशनका सन्दर्भमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि सम्पन्न बैठकमा सरकारको भाबी नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको थियो।

मुख्यमन्त्रीले विकास खर्च बढाउन सरकार प्रतिबद्ध रहेको बताउँदै सदनमा विपक्षीलाई रचनात्मक भूमिका निर्वाह गर्न अनुरोध गरेका थिए।

मुख्यमन्त्रीको सचिवालयका अनुसार बैठकमा उपस्थित प्रमुख विपक्षी दलका र सत्तारुढ दलका नेताले नीति तथा कार्यक्रमका साथै बजेटका प्राथमिकताका सम्बन्धमा सुझाव दिएका थिए।

प्रकाशित: १० जेठ २०८२ १३:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast