
काठमाडौँ- पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका १८ वर्षिय सोयव अन्सारीको शव नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले फेला पारेको छ।
पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउखोलाको ड्यामसाइडमा पौडी खेल्ने क्रममा जेठ ८ गते उनी डुबेर बेपत्ता भएका थिए । भारतको नौतुना घर भएका अन्सारी नेपाल भ्रमणको लागि आएका थिए।
उनको शव नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बुटलबाट सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले जेठ ९ गते दिउसो करीव पौने ३ बजे फेला पारेको सह प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
प्रकाशित: १० जेठ २०८२ ११:३६
प्रतिक्रिया