प्रचण्ड अभिव्यक्ति : ओली मानसिक अस्पताल जानु उपयुक्त, बाबुराम बुद्धि नभएका

हिमाल प्रेस ९ जेठ २०८२ २१:३१
40
SHARES
प्रचण्ड अभिव्यक्ति : ओली मानसिक अस्पताल जानु उपयुक्त, बाबुराम बुद्धि नभएका

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति पनि तीव्र टिप्पणी गरेका छन्। शुक्रबार साँझ पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री ओलीलाई ‘मानसिक अस्पताल जान सल्लाह’ दिएका हुन्।

प्रधानमन्त्री ओलीले पोखरामै आयोजित राष्ट्रिय युवा संघ नेपालको १०औँ महाधिवेशन उद्घाटन समारोहमा दिएको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै प्रचण्डले भने, ‘यदि ओलीले मलाई राजासँग मिलेको भनेर बोलेका हुन् भने, म उनलाई एकचोटि मेन्टल अस्पताल गएर जँचाउन सल्लाह दिन्छु।’

यसअघि बिहीबार माओवादी केन्द्रले सञ्चालन गरेको जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत रुकुम पूर्वमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई लक्षित गर्दै ‘सबैभन्दा बुद्धि नभएको डाक्टर’, ‘दिमाग ठाउँमा नभएको’, र ‘हाँसोको पात्र’ जस्ता अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्री ओलीलाई एकचोटि ‘मेन्टल हस्पिटल’ गएर जँचाउन प्रचण्डको कटाक्ष

प्रकाशित: ९ जेठ २०८२ २१:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast